प्रदेश २ को सरकारविरूद्ध टिप्पणी नगर्न निर्देशन

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डीय नेताहरूले प्रदेश २ को सरकारविरूद्ध कुनैपनि प्रकारको टिप्पणी नगर्न आफ्ना नेता कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । 

केन्द्रमा नेकपाको सरकारमा संघय समाजवादी फोरम नेपालको सहभागीतासँगै प्रदेश २ को सरकारको सम्बन्धमा विभिन्न प्रकारका अडकलवाजीहरू सार्वजनिक भैरहँदा त्यस प्रति राजपा नेपाल अध्यक्ष मण्डलको गम्भिर ध्यानाकर्षण भएको संयोजक महन्थ ठाकुरले बिहीबार विज्ञप्तिमार्फत् जनाएका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘मधेश आन्दोलनको भावना, मधेशी जनताको चाहना एवं मधेशी जनताको जनादेश समेतलाई ध्यानमा राख्दै विविध उत्तार चढाव र परिस्थितिका बीच राजपा नेपालले प्रदेश नं. २ मा मा. लालबाबु राउत नेतृत्वको सरकारलाई समर्थन गर्दै त्यस सरकारमा सहभागी भएर अगाडी बढने निर्णय गरेको हो ।’ 

लालबाबु राउतको नेतृत्वको राजपा नेपाल सम्मिलित सरकारलाई राजपा नेपालको समर्थन, सहयोग र सहभागिता निरन्तर रहने निर्णय गरेको जानकारी विज्ञप्ति मार्फत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?