५० लाख नगद बरामद प्रकरण : सौर्य एयरलाइन्स विराटनगर शाखाका स्टेसन म्यानेजर पनि पक्राउ

लोकपथ
84
Shares

काठमाडौं । ५० लाख नगद बरामद प्रकरणमा सौर्य एयरलाइन्सको विराटनगर शाखाका स्टेसन म्यानेजर पनि पक्राउ परेका छन् । एयरलाइन्सको विराटनगर विमानस्थलका स्टेशन म्यानेजर प्रकाश पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थल प्रहरीकाअनुसार पौडेललाई पक्राउ गरेर राजस्व अनुसन्धान विभाग हरिहर भवनमा उपस्थित गराइएको छ । शनिवार विराटनगरबाट काठमाडौंमा अवतरण भएको जहाजबाट विमानस्थल प्रहरीले स्रोत नखुलेको ५० लाख नगदसहित एयरलाइन्सका कर्मचारी रेशा शाक्य पोखरेललाई पक्राउ गरेको थियो ।

पोखरेल सौर्य एयरलाइन्समा एसिसटेन्टका रुपमा कार्यरत रहेकी थिइन् । प्रहरीले उनीसँग एक हजारका दरले चार हजार ९०० थान र पाँच सयका दरका १०० थान गरी ५० लाख रुपैयाँ नगद बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?