पोखरामा यसरी कुर्लिए मोहन वैद्य

काठमाडौं – नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालको वाम गठबन्धन राज्यसत्ता प्राप्त गर्ने रणनीति मात्रै भएको दाबी गरेका छन् । पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको पोखरामा उद्घाटन गर्दै अध्यक्ष वैद्यले दक्षिणपन्थी अवसरवादीको गठबन्धनलाई वामगठबन्धन भन्न नसकिने जिकिर गरे ।सच्चा क्रान्तिकारी कम्युनिष्टहरू एक ठाउँमा आउन नसकेकामा चिन्ता व्यक्त गर्दै वैद्यले वैकल्पिक शक्ति निर्माणका लागि सबै क्रान्तिकारी कम्युनिष्टले एकताको बहस सुरु गर्नुपर्नेमा जोड दिए । उनले निरन्तरताको क्रमभङ्गको भनाइलाई उल्टो क्रमभङ्ग भएको टिप्पणी गर्दै सम्मेलनले क्रान्तिको कार्यदिशा निर्धारण गर्ने जनाए ।पार्टीका उपाध्यक्ष सीपी गजुरेलले क्रान्तिकारी कम्युनिष्ट पार्टीको धु्रवीकरणको आवश्यकतामाथि जोड दिएका थिए । भोलिसम्म चल्ने सम्मेलनमा सबै जिल्लाका करिब ४ सय प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?