४ माघ २०७८, मंगलवार

पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा नेविसंघको एक घण्टे चक्काजाम

२०७५,जेष्ठ,२५,शुक्रवार ०५:१९

0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षीको भातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिनुपर्ने माग गर्दै शुरू गरेको सरकार विरोधी आन्दोलनको क्रममा राजधानीका विभन्न क्याम्पस अगाडि एकघन्टे चक्का जाम गरेको छ ।

नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले जनाए अनुसार देशभरिका विभिन्न क्याम्पस अगाडि विरोध प्रदर्शन गरिएको छ ।

उनले भने –राजधानीका विभन्न क्याम्पस अगाडि हामीले सरकारलाई दबाब दिने कार्यक्रम अन्र्तगत आज एक घन्टे चक्का जाम गर्यौं ।”

देशभरिबाट प्रदर्शनका जानकारी हामीलाई प्राप्त भइरहेको उपाध्यक्ष अधिकारीले जनाए ।

नेविसंघले सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर जनतालाई थप कस्ट थोपरेको जनाएको छ ।

नेविसंघले जारी गरेको विज्ञप्तिमा भनेको छ– खोक्रो राष्ट्रवाद, जनतालाई बाँडेको झुठो आश्वासन र भ्रमको खेतीले गठन भएको वर्तमान कम्युनिस्ट सरकार एकातिर सर्वसत्तावादी,

अधिनायकवाद लाद्ने प्रपञ्च गरिरहेको छ भने अर्कोतर्फ जनताको आधारभूत आवश्यकता इन्धन, दैनिक उपभोग्य वस्तुको पटक पटक मूल्य बृद्धि गरी आफ्नो कम्युनिस्ट चरित्र देखाइरहेको छ ।

पेट्रोलियम पदार्थमा भएको पटक पटकको मूल्य बृद्धिले दैनिक उपभोग्य वस्तुका भाउ अकाशिएको छ भने जनजीविका अत्यन्तै कष्टकर भएको छ ।”

यस्तो अवस्थालाई टुलुटुलु देखेर नबस्ने जनाउँदै नेविसंघले चेतावनी दिँदै भनेको छ —नेविसंघ चुप लागेर बस्दैन् ।”

नेविसंघले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम अनुसार जेठ २५ गते देशभरिका सम्पूर्ण क्याम्पस अगाडि एक घन्टा चक्का जाम गर्ने, २६ गते सबै जिल्लामा मशाल जुलुश निकाल्ने, २७ गते देशभरिका सबै क्याम्पस अगाडि सरकारी र संस्थानका सवारी साधन गुडन रोक लगाउने र २९ गते देशभर प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम रहेका छन् ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२५,शुक्रवार ०५:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

ताजा समाचार