सूर्या लाइफद्वारा मृत्यु दाबी भुक्तानी

लोकपथ
52
Shares

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरी धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. ७ का मृतक बीमित कृष्ण बहादुर थापाको बहिनी गंगा थापालाई मृत्युदावी रकम हस्तान्तरण गरेको हो ।

बीमित थापाले १० लाख रुपैयाँ बीमाङ्कको बीमा लिएको ६ मिहिना नबित्दै सडक दुर्घटनाको कारण मृत्यु भएको थियो । कम्पनीले बीमाङ्क बापतको १० लाख, दुर्घटना सुविधा बापत १० लाख र बोनस बापत ४८ हजार रुपैयाँ थप गरी एकमुष्ठ २० लाख ४८ हजार बीमितले इच्छाएको व्यक्ति गंगा थापालाई हस्तान्तरण गरेको हो ।

स्व. बीमितको परिवारलाई सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रवन्धक नरोत्तम ढकाल मार्फत कम्पनी सचिव भरत केसी, दावी विभाग प्रमुख राजु राजचल र दावी विभागका कर्मचारी तारणी कटुवालको उपस्थितिमा चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?