जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङमा दुर्घटना, एक बालिकाको मृत्यु

दाङ । दाङको भालुबाङ–लमही सडकअण्डमा यात्रु बाहक बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना गम्भीर घाइते भएका छन् । 

जनकपुरबाट नेपालगञ्जका लागि छुटेको ना ५ ख १८२९ नम्बरको यात्रुबाहक शुक्रबार बिहान ६ः३० बजे राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा स्थित लठ्ठहवा खोलामा खस्दा दुर्घटना भएका हो । 

दुर्घटनामा भारत लखिनपुर निवासी ५ वर्षीय निरुबी मोहम्मदको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार चालक निदाउँदा बस दुर्घटना भएको अनुमान गरिएका छ । ३३ जना सवार बस सडकबाट तल खोलामा खसेको थियो । 

घाइतेमध्ये एक नाबालकसहित २७ जनालाई बाँकेको कोहलपुर पठाइएको छ भने अन्य घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ ।

सो दुर्घटना तीन पुरुष, पाँच महिला, दुई बालिका र एक बाल गरी जम्मा ११ जनाको अवस्था चिन्ताजना रहेको लमही प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?