४ माघ २०७८, मंगलवार

ट्रम्पले किमलाई अमेरिका बोलाउने

२०७५,जेष्ठ,२५,शुक्रवार ०२:५४

0
Shares

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिंगापुर शिखर वार्ताको क्रममा विश्वसनीय वातावरण बने उत्तर कोरियाली नेता किम जोंग उनलाई अमेरिका भ्रमणको निम्तो गर्न सक्ने बताएका छन् ।

जापानका प्रधानमन्त्री सिन्जो आबेसँग सिंगापुरमा हुने शिखर वार्ताका बारेमा राष्ट्रपति ट्रम्पले  छलफल गरेपछि यस्तो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।

जापानी प्रधानमन्त्री आबेसँगको सो छलफल पछि ट्रम्पले कोरियाली युद्ध समाप्त पार्न सकिने सम्झौताको सम्भावना रहेको बताए । तर त्यसपछिको अवस्था कस्तो हुने त्यो वास्तवमै धेरै महत्व हुने उनले जनाए ।

अमेरिका र उसका क्षेत्रीय सहयोगीहरूले उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई त्याग गरोस भन्ने चाहेका छन् । तर यस विषयमा ट्रम्पले यो लक्ष्य एकै बैठकमा प्राप्त गर्न नसकिने बताए । उनले भने “यो लक्ष्य प्राप्त गर्न समय लाग्न सक्नेछ ।”

प्रकाशित मिति: २०७५,जेष्ठ,२५,शुक्रवार ०२:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कोभिड १९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्घकालिन असरबाट विश्वको ठूलो जनसंख्या प्रभावित भएको छ

काठमाडौं । लामो समयदेखि एस्टेरोयड(क्षुद्रग्रह)हरुलाई पृथ्वीका लागि खतराका रूपमा व्याख्या गरिँदै आइएको छ । यदि एस्टेरोयड पृथ्वीसँग ठोक्किए ठूलो प्रकोप

काठमाडौं । अभिनेत्री सामन्था रुथ प्रभु दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । उनले गत वर्ष अमेजन प्राइम भिडियोको सुपरहिट

काठमाडौं । दक्षिणी मोरक्कोमा आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा कम्तिमा ४३ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा महिला र केही

ताजा समाचार