टाउको काटिएको सर्पले टोके पछि मानिस अस्पताल भर्ना

एजेन्सी : टाउको काटिएको सर्पले टोकेपछि मानिसलाई अस्पताल भर्ना भइ उपचार गराउनु परेको छ ।

अमेरिकाको टेक्ससमा एक व्यक्तिलाई टाउको काटिएको सर्पले टोकेपछि त्यो व्यक्तिलाई विष मुक्त पार्न औषधिको २६ डोज दिन प-यो ।

जेनिफर सटक्लिफले मिडियालाई जनाए अनुसार उनका पतिले बगैंचामा काम गरिरहेका बेला चार फीट लामो विषालु सर्पलाई देखे ।

सर्पलाई मार्न उनले त्यो सर्पको टाउको काटे । मृत सर्पलाई ठेकान लगाउन जाँदा काटिएको टाउकोले तिनलाई टोकेको थियो ।

सर्पले टोकेपछि उनलाई अस्पताल भर्ना गराइयो । सर्प मरेपछि त्यसको टाउको केही घन्टासम्म जिउँदो रहने भएकाले टोक्ने सक्नेछ ।

ती व्यक्ति अस्पतालको उपचारपछि अहिले खतरा मुक्त छन् तर किडिनीमा समस्या देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?