करिश्माले थापिन् स्कुल ड्रेसमै सम्मान

काठमाडौं–अभिनेत्री करिश्मा मानन्धर यतिबेला काठमाडौंको मैतिदेवीस्थित एउटा निजी स्कुलमा कक्षा १० मा पढ्दै छिन् । उनी पछिल्लो समय स्कुल ड्रेसमै सार्वजनिक समारोहमा उपस्थित हुन थालेकी छन् ।

यसै क्रममा चलचित्र विकास बोर्डले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘महिला सशक्तीकरणका लागि सूचनाको हक’सम्बन्धी गोष्ठीमा उनी स्कुलको ड्रेसमै सहभागी भइन् । आफू पढेको स्कुलको ड्रेस सेतो धर्के सर्ट र गाढा खैरो रङका पाइन्टमा उनी कार्यक्रममा सहभागी भइन् । उनी त्यहाँ सम्मान थाप्न पुगेकी थिइन् ।

नेपाली चलचित्र क्षेत्रमा अढाई दशकभन्दा  लामो समय योगदान पुर्याएको भन्दै कार्यक्रममा उनलाई चलचित्र विकास बोर्डका तर्फबाट सम्मान गरियो । उनीसहित अन्य चार अभिनेत्रीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । बाँकी  अभिनेत्री सारी, चोलो जस्ता औपचारिक परिहनमा थिए । करिश्मा स्कुलको ड्रेसमा थिइन् । राजधानी दैनिकमा खबर छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?