काठमाडौं । डाभिन्सन सान्चजको निर्णायक गोलसंगै टोटेन्ह्यामले इङ्लिस प्रिमियर लिगमा वाट्फोर्डमाथि १-० को जित निकालेको छ ।
शनिबार राति टोटेन्ह्यामसँगको भेटमा वाट्फोर्ड लगातार पाँच खेलको हारको शृंखलामा पूर्णविराम लगाउन चाहन्थ्यो तर अन्तिममा सम्हालिन नसक्दा एक अंक लिने उनीहरको लक्ष्यले पूर्णता पाएन ।
टोटेन्ह्यामविरुद्ध गोलकिपर ड्यानियल बाचमनले उत्कृष्ट बचाउ गर्दै टोलीलाई एक अंकको संघारमा पुर्याएका थिए तर इन्जुरी समयको छैटौ मिनेटमा सान्चेजले बललाई पोस्टको दिशा दिएपछि उनको उत्कृष्ट प्रदर्शन छायाँमा परेको थियो ।
एन्टोनियो कोन्टेले प्रशिक्षण सम्हालेदेखि टोटेन्ह्याम अपराजित रहँदै आएको छ । १८ खेलमा ३३ अंकसहित टोटेन्ह्याम छैटौं स्थानमा छ ।
आर्सनलले आइतबार लिगको शीर्ष क्लब म्यानचेस्टर सिटीलाई २-१ को नतिजा सुम्पिएको थियो ।
त्यस्तै, शनिबार नै भएको खेलमा वेस्ट हम युनाइटेडले क्रिस्टिल प्यालेसमाथि ३-२ को जित निकाल्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया