माओवादी बन्दसत्र : केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै, यस्तो छ निर्वाचन कार्यक्रम

लोकपथ
169
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज केन्द्रीय सदस्य चयनको प्रक्रिया अघि बढ्दैछ । माओवादीको संशोधित विधानअनुसार खुलातर्फ १४५ जना र समानुपातिकतर्फ १५४ जना निर्वाचित हुनेछन् ।

माओवादी केन्द्रले सहमतिमै केन्द्रीय सदस्य चयन गर्ने प्रयास गरिरहेको छ । हाल कायम रहेका केन्द्रीय सदस्यलाई निरन्तरता दिने र बाँकी रहेकोमा कलस्टर मिलाएर पूर्ठता दिने तयारी छ । प्रवक्ता कृष्णबहादुर महरा सकभर निर्वाचन गर्नपर्ने अवस्था नआउने बताउँछन् । ‘सहमतिमै नेतृत्वरकमिटी चयन प्रक्रिया अघि बढ्छ,’ उनले भने ।

महराले भनेअनुसार माओवादी केन्द्रमा चुनाव हुने सम्भावना न्यून छ । कथंकदातित भइहालेमा वा औपचारिकता पुरा गर्न केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

जसमा उम्मेदवारको मनोनयन पत्र दर्ताको समय २ देखि २स्३० सम्म, उम्मेदवार प्रारम्भिक नामावली प्रकाशन ३स्४० सम्म, उम्मेदवारको विरोधमा उजुरी ४ बजेसम्म, उजुरीको सूचना ४स्१० सम्म, छानविन र निर्णय ४स्३० बजेसम्म, उम्मेदवारको नामावली पुनप्रकाशन ४स्४० सम्म, उम्मेदवारको नाम फिर्ता ५स्३० बजेसम्म र अन्तिम नामावली प्रकाशनको समय ५स्४५ बजेसम्म तोकिएको छ ।

निर्वाचन हुने भएमा मतदान ६स्२५ देखि राति १०:२५ बजेसम्म गर्ने कार्यक्रम छ ।

आकांक्षी धेरै :

खुल्ला र समावेशीतर्फका सबै समूहमा पदभन्दा आकांक्षी धेरै भएपछि निर्वाचन समितिले सहमति नभएमा निर्वाचन अघि बढाउने गरी कार्यतालिका सार्वजनिक गरेर संशोधन पनि गरिसकेको छ ।

निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले केन्द्रीय सदस्यको विस्तृत संरचनासहितको सूचना सार्वजनिक गरेका हुन् । जसमा खुला र समानुपातिकतर्फबाट निर्वाचित हुने सदस्यहरूको संख्या उल्लेख गरिएको छ । खुलातर्फ १४५ जना निर्वाचित हुने छन् ।

त्यस्तै, समानुपातिकतर्फ १५४ जनाका लागि निर्वाचन हुनेछ । दुईभन्दा बढी निर्वाचित हुने प्रत्येक क्लस्टरमा पुरुष, पुरुष युवा, महिला र महिला युवाका लागि छुट्टा-छुट्टै निर्वाचन हुनेछ ।

माओवादीको केन्द्रीय समितिको आकार २९९ सदस्यीय हुने विधानमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?