आयोगको पत्रले राजपामा तनाव, अब के हाेला ?

काठमाडौँ– निर्वाचन आयोगले एक महिनाभित्र महाधिवेशन गरेको जानकारी पठाउन पत्र लेखेपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा एकाएक तनाव बढेको छ ।

आफैंले तोकेको म्यादभित्र अधिवेशन गर्न नसकेपछि अबको राजनीतिक दिशा कसरी तय गर्ने भन्नेबारे छलफल गर्न अध्यक्षमण्डल छलफलमा व्यस्त रहेका बेला शुक्रबार आयोगले पत्र पठाएपछि खैलाबैला मच्चिएको सचिवालयका एक सदस्यले बताए । ‘अबको एक महिनाभित्र महाधिवेशन गर्ने मिति सकिन्छ तर यो अवधिमा महाधिवेशन सम्भव छैन,’ एक सदस्यले भने, ‘अब हामीले निर्वाचन आयोगसँग ६ महिनाको थप समय मागेर महाधिवेशनका लागि तयारी गर्नुपर्नेछ ।’

आगामी अधिवेशसनसम्मका लागि राजपाले विधान बनाउने तयारी गरेको छ । त्यसैमाथि मंगलबारदेखि छलफल भइरहेको स्रोतले बतायो । विधान तयार पारेपछि बढीमा ६ महिनाभित्र महाधिवेशन गर्ने राजपाको तयारी छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?