७ माघ २०७८, शुक्रवार

लालबाबुको पछिल्लो एक्सन, जनप्रतिनिधिको विदेश भ्रमणमा रोक

२०७५,जेष्ठ,२५,शुक्रवार ०१:१८

0
Shares

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कर्मचारीको विदेश भ्रमणमा रोक लगाएको छ । जनप्रतिनिधिहरू आफूखुसी गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको खर्चमा हप्तैपिच्छे विदेश भ्रमणमा जान थालेपछि मन्त्रालयले रोक लगाएको हो ।
संघीय मामिलामन्त्री लालबाबु पण्डितले विदेशमा हुने स–साना कार्यक्रममा पनि जनप्रतिनिधिको ओइरो लाग्न थालेपछि भ्रमणमा रोक लगाइएको बताए ।

‘कामै छाडेर विदेशतिर ध्यान दिन थालेकाले भ्रमणसम्बन्धी कार्यविधि नबनुञ्जेल कसैलाई पनि अनुमति दिएको छैन,’ पण्डितले  भने, ‘उनीहरू आफ्नो काममा प्रतिबद्ध होऊन् भन्ने पनि हो ।’ स्थानीय तहका प्रतिनिधिको विदेश भ्रमणसम्बन्धी कार्यविधि सामान्य प्रशासन मन्त्रालयले राय–सुझावका लागि कानुन र परराष्ट्र मन्त्रालयमा पेस गरेको छ, कान्तिपुर दैनिकले  खबर छापेको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२५,शुक्रवार ०१:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार