काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको २० हजार ९५९ जनाको नमूना परीक्षणमा ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप २५२ जना संक्रमित कोरोना संक्रमण मुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १२ हजार २ सय १० पुगेको छ ।
नेपालमा हाल ४९६९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा ५९ हजार ११२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया