फेरि किन चीन जान लागे माेदी ?

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबारै चीन भ्रमणमा जानुहुने भएको छ ।
केही हप्ता अगाडी चीनको भ्रमण गर्नु भएका मोदी छोटो समयमै फेरी चीनको भ्रमण गरेर राष्ट्रपति सि चिन फिङलाई भेट्नुहुने भएको हो ।
त्यतिवेला उहाँहरुबीचमा भएको भेटवार्ताका क्रममा सिमा सम्वन्धी विवाद समाधानका विषयमा नयाँ तरिकाले अगाडी बढ्ने समझदारी भएको थियो ।
विश्वमै चर्चित दुई देशका नेताहरुको भेटवार्ता चिनियाँ सहर चिङदाओमा हुन लागेको साङघाइ कोअप्रेसन अर्गनाईजेसनको अवसरमा हुने भएको हो ।
उहाँहरुले दुई पक्षीय हित र आपसी सम्वन्धका बारेमा छलफल गर्नुहुने भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।
व्यापार, सुरक्षा, चीनको ‘बेल्ट एण्ड रोड इन्फ्राइस्टकचर प्रोजेक्ट’ लगायतका विषय सो दुई दिने सम्मेलनका मुख्य एजेण्डा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?