निजामती कर्मचारी युनियन कैलालीको अध्यक्षमा जोशी

लोकपथ
4k
Shares

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन कैलालीको अध्यक्षमा पुन खेमराज जोशी निर्वाचित भएका छन ।
शुक्रबारदेखि शुरू भएको नौऔं महाधिवसनले शनिबार जोशीको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा प्रकाश भट्ट, महिला उपाध्यक्षमा रेखा जोशी, समावेशी उपाध्यक्षमा राधाकृष्ण चौधरी, सचिवमा निर्मल देउवा, कोषाध्यक्षमा पूर्णान्नद भट्ट र सह-सचिवमा लोकराज दाहाल सर्वसम्मत चयन भएका हुन ।

यस्तै, सदस्यमा झपिराज ओझा,मोहनदेव भट्ट, पेवालाल चौधरी, ऐनबहादुर सिंह, महिला सदस्यमा कुन्ता भण्डारी र भागरथी ओझा चयन भएका छन ।

समावेशी सदस्यमा जयराज जोशी र प्रकाश विक चयन भएका छन भने मनोनित सदस्यमा गोपाल रोकाया र पार्वती चौधरी रहेका छन ।

यस्तै, जीवराज पण्डित, शिवराज ओझा, त्रयलोक जोशी र नारद प्रसाद भट्ट, सुरेश रोकाया महाधिवेशन प्रतिनिधिमा चयन भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?