९ माघ २०७८, आईतवार

रिमोट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज प्रदर्शन

२०७५,जेष्ठ,२४,बिहीवार १५:२४

0
Shares

काठमाडौँ – मनोहर माध्यमिक विद्यालय गोँगबुमा अध्ययनरत विद्यार्थीले रिमोट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज उडाएर प्रदर्शन गरेका छन् ।

सोही विद्यालयका कक्षा १० का सञ्जीव विश्वकर्मा, सविन तामाङ र आदित्य घिमिरेले बनाएको नमूना हवाइजहाज आज टोखास्थित भूतखेल चौरमा उडाइयो । राष्ट्रिय विज्ञान प्रदर्शनीमा रु ४० हजारबाट प्रथम पुरस्कार जित्न सफल सो हवाइजहाजको आज प्रदर्शन गरिएको हो ।

कार्यक्रममा विद्यालयका प्राचार्य वासुदेव अधिकारीले नमूना हवाइजहाज बनाएर राम्रो काम गरेकामा विद्यार्थीलाई धन्यवाद दिए । नमूना हवाइजहाजको निर्माता विश्वकर्माले सामाजिक सञ्जालमा हेरेर हवाइजहाज बनाइएको जानकारी दिए ।  सो अवसरमा टोखा नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत झण्डै एक हजार विद्यार्थीको सहभागिता थियो ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२४,बिहीवार १५:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपको द ब्रिटिश प्रोफेशनल कलेजले ACCA एसोसयिसन अफ चार्टण्ट सर्टिफाइड एकाउन्टेन्टमा अध्ययनरत १९ वर्षीया रिया मानन्धरले

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ । परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण परीक्षाहरु स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालयले एक सूचना जारी गर्दै सबै तत्कालका लागि सबै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा भौतिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४