लागूऔषधको प्रयोग र कारोबार आधा घटाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा‘बादल’ले एक वर्षभित्र लागूऔषधको प्रयोग र कारोबार आधा घटाउने गरी काम गर्न निर्देशन दिएका छन् ।
लागुऔषध नियन्त्रण राष्ट्रिय निर्देशनालय तथा समन्वय समितिको आजको बैठकमा गृहमन्त्री थापाले समयसिमा बनाएर लागुऔषधको नियन्त्रणको कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘ अहिले लागुऔषधको प्रयोगकर्ता वार्षिक ११ प्रतिशतका दरले बढीरहेको रिपोर्ट आएको छ , हामीले आँट गर्ने हो भने एक वर्षमा त्यसलाई आधा घटाउन सकिन्छ ।
उनले  यो सरकार पाँच वर्ष चल्ने भएकोले सो अवधीभित्र लागुऔषधको प्रयोग र ओसारपसार देशभित्र पूर्ण रुपमा निषेध हुने गरी कार्ययोजना बनाउन निर्देशन दिए ।
उनले चिकित्सकको सिफारिसबिना मनोद्धिपक औषधी बेच्ने स्वास्थ्यसंस्था र औषधी पसलहरुलाई ईजाजतपत्र रद्ध गर्नेसम्मको कानुनी व्यवस्था गर्नुपर्ने बताए ।
कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले सातै प्रदेशमा टोली बनाएर एकै पटक लागु पदार्थ विरुद्ध कारवाही सुरु गरीनुपर्ने बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?