आकाशलाई आश्माको सहारा (भिडियो)

काठमाडौं । चलचित्र ‘ड्रिम गर्ल’ को गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर गीत सार्वजनिक गरिएको हो ।

युवा अभिनेता आकाश श्रेष्ठ र आश्मा गिरीलाई फिचरिङ गरिएको गीतको भिडियोलाई मनोरम स्थानमा छायांकन गरिएको छ ।

गीतका शब्दलाई अम्बिका शर्माले लेखेकी हुन् भने गीतमा अञ्जु पन्त र सुरेश लामाले स्वर दिएका छन् । त्यस्तै अर्जुन पोखरेलले संगीत दिएका छन् ।

चलचित्रमा आकाश र आश्माका अलावा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, पूजा पराजुली लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको छ । साथै फिल्ममा नविन निरौलाको सम्पादन, अर्जुन शर्मा, ऋषिराज आचार्य र रामेश्वर धितालको निर्माण, गम्भिर विष्टको कोरियोग्राफी र राहुल राई र रामेश्वर हुमागाईंको छायांकन रहेको छ ।

चलचित्रले आउँदो असोजको १९ गतेलाई प्रदर्शन मिति तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?