११ आश्विन २०७८, सोमवार

पशुपतिस्थित महास्नान घरको पुनःनिर्माण शुरु

२०७४,आश्विन,२५,बुधबार ०९:१३


काठमाडौँ, २५ असोज ।भूकम्पले क्षतिग्रस्त पशुपतिस्थित महास्नान घरको पुनःनिर्माण शुरु भएको छ ।क्षतिग्रस्त महास्नान घर पुनःनिर्माण गरी पशुपति संग्रहालय बनाइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले रु तीन करोडको लागतमा महास्नान घर पुनःनिर्माण गर्ने सम्झौता भएको छ ।महास्नान घर पुनःनिर्माण सम्पन्न भएपछि बैंकले रु दुई करोडको लागतमा पशुपति संग्रहालय निर्माण गर्ने सम्झौता पनि भइसकेको कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाले जानकारी दिए ।संग्रहालयमा पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक र पौराणिक दृष्टिले महत्वपूर्ण चीजबीजको संग्रह गरिने छ ।महास्नान घर पुनःनिर्माणका लागि पशुपतिको पश्चिम मूल ढोका बन्द गरिएको छ । भवन चर्केर जतिबेला पनि ढल्नसक्ने जोखिम देखिएकाले मूल ढोका बन्द गर्नुपरेको सूचना अधिकारी ढुंगानाले बताए ।महास्नान घरसँगै पशुपतिको शंकराचार्य मन्दिर, कुलानन्द झा सत्तल पनि पुनःनिर्माण शुरु भएको कोषले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०९:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महिलाहरूको तल्लो पेट र पुरुषहरूको अण्डकोषमा हुने समस्याको समाधान गर्ने सरल योग आसन लिएर योग गुरु लोकनाथ खनाल प्रस्तुत हुनुभएको

मधुमेह अर्थात् सुगरका बिमारीहरूको संख्या अहिले नेपालमा मात्र नभएर विश्वभर दिन प्रतिदिन बढी रहेको छ । स्वस्थ जीवनशैली नअपनाउने र

काठमाडौं । तपाई कत्तिको पानी पिउनुहुन्छ ? पानी मानव शरीरका लागि अत्यन्तै महत्वपूर्ण छ । पानी बिनाको जीवन कल्पना समेत

काठमाडौं । जीवन संघर्षशील छ । हरेक उतारचढावबीचको यात्रा नै जिन्दगी हो । जिन्दगीमा सफलता त्यही व्यक्तिले हात पार्छ जो

ताजा समाचार

एमाले विधान महाधिवेशनको तयारी पूरा
 २०७८,आश्विन,११,सोमवार २१:५९
५० लाख धरौटी बुझाएर रिहा भए चूडामणि शर्मा
 २०७८,आश्विन,११,सोमवार २०:४५