१२ माघ २०७८, बुधबार

प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी रिट खारेज

२०७५,जेष्ठ,२४,बिहीवार १४:१७

0
Shares

प्रधानन्यायाधीश नियुक्त गर्न आदेशको माग गर्दै दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले आज अदालतले नभई संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश सिफारिश गर्ने अधिकार भएको हुँदा अदालतलको क्षेत्राधिकारभित्र नभएको भन्दै सो रिट निवेदन खारेज गरेको हो ।

प्रधानन्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले योग्यता पुगेका न्यायाधीशको सूची पठाइसकेको र संवैधानिक परिषद्ले उचित निर्णय गर्ने नै भएकाले इजलासले आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको कुरामा न्यायिक हस्तक्षेप आवश्यक नभएको आदेशमा उल्लेख छ ।

प्रधानन्यायाधीशको नियुक्ति गर्न आदेशको माग गर्दै अधिवक्ताहरु सन्तोष भण्डारी र लक्ष्मीप्रसाद पोखरेलले यही जेठ २ र १६ गते छुट्टाछुटै रिट निवेदन दायर गर्नुभएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिएपछि गत चैत १ गतेदेखि सो पद रिक्त छ । संसदीय सुनुवाइ समिति बन्न नसकेको हुँदा संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन ।

 

प्रकाशित मिति: २०७५,जेष्ठ,२४,बिहीवार १४:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४