अब नेपाल प्रहरीमा  ५ एआईजी मात्र

गृह मन्त्रालयले नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी घटाउने निर्णय गरेको छ ।

प्रहरीमा ५ एआईजी मात्र राख्ने गरी तयार पारिएको मस्यौदामा बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले हस्ताक्षर गरेका छन् ।

बिहीबारको बैठकमा प्राविधिकसहित ५ एआईजी मात्र राख्ने निर्णय भएको छ । यो निर्णयसँगै प्रदेश प्रहरीको नेतृत्व एआईजीले नगर्ने भएका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले संघीय प्रहरी ऐनको मस्यौदा छिट्टै संसदमा पेश गर्ने बताएका छन् । 

सशस्त्र प्रहरीमा तीन मात्रै 

गृह मन्त्रालयमा भएको बैठकमा सशस्त्र प्रहरीमा तीन एआईजी मात्र राख्ने सहमति जुटेको छ । ‘पछि दुई बनाउने गरी हाललाई सशस्त्रमा ३ एआईजीको दरबन्दी राख्ने सहमति भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?