भूमिसुधार नीति र ऐन आउने

प्रदेश नं  ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुठीका नाममा भएको दुरुपयोग रोक्न प्रदेश सरकारले कानून बनाउने बताउनुभएको छ  ।

प्रदेश नं ३,  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा आज भएको भूमि, सहकारी तथा गुठी व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा मुख्यमन्त्री पौडेलले

प्रदेशमा सुकुम्वासी र  भूमिहीनको समस्या अत्यधिक रहेकाले भूमि व्यवस्थापनका पक्षमा वैज्ञानिक ढंगबाट सहजीकरण गर्ने गरी कानुन निर्माणमा सरकारले तयारी गरिरहेको बताउनुभयो ।

अब पशुपतिनाथ, स्वयम्भूलगायत क्षेत्रमा खेर गएका सयौँ विघा जमीनको उचित प्रयोग हुने बताउनुभयो । 

भूमिसुधारमन्त्री दावादोर्जे लामाले निर्वाचनका समयमा सबै दलले घोषणापत्रमा सुकुम्वासीका समस्या समाधान गर्ने विषयमा महत्वपूर्ण बूँदा राखेको अवगत गराउँदै अब भूमिसुधार नीति लागु गरिने घोषणा गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?