कौशलटार–विरुवा सडक बन्द

कौशलटारबाट सूर्यविनायक नगरपालिका बालकोट हँुदै सिरुटार विरुवा जाने सडक आजदेखि बन्द भएको छ ।

सडक विस्तारका क्रममा सूनपा–२ बालकोट पाटीधारा नजीकै पहिरो गएर मुख्य पक्की सडक नै भत्किएको छ ।  सडक बन्द हुँदा विरुवाबाट सिरुटार, कालकोट, कौशलटार हुँदै रत्नपार्क जाने बस सेवा र बालकोट, कौशलटार हुँदै कलंकी जाने माइक्रोबस सेवा बन्द भएको छ ।

सडक निर्माणको जिम्मा पाएको खानी ब्राइज ज्ञानज्योति कन्स्ट्रक्सनका सञ्चालक अकुर गौतमले गए राति परेको ठूलो वर्षाका कारण टोलभरीको सबै पानी त्यही क्षेत्रमा आउँदा पहिरो गएको बताउनुभयो ।

डिभिजन सडक कार्यालय भक्तपुरका सूचना अधिकृत इञ्जिनीयर गोपाल खकुरेलले विगतमा स्थानीयवासीले अवरोध सिर्जना गरी काम रोक्दा अहिले समस्या आएको बताउनुभयो ।  हालको चार मिटर सडक फराकिलो बनाई ११ मिटरको कालोपत्रेसहित पैदलामार्ग, नाली, ढललगायत रु तीन करोड ८० लाखको लागतमा विस्तार गर्ने काम भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?