पाकिस्तानका पुर्वराष्ट्रपति परवेज मुसरफलाई अदालतमा उपस्थित हुन आदेश

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले पुर्वराष्ट्रपति परवेज मुसरफलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ । 

उहाँलाई यही जुन १३ तारिखका दिन अदालतमा उपस्थित हुन अदालतले बिहीबार आदेश दिएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । 

प्रधान न्यायाधीश मिन साक्विब निसार नेतृत्वको तीन न्यायाधीशको इजलासले मुसरफले दिएको निवेदनमाथि सुनुवाईका लागि उनलाई बोलाइएको हो ।

सन् २०१३ मा पेशावार उच्च अदालतले मुसरफलाई राष्ट्रपति बन्न अयोग्य भएको फैसला गरेकोमा त्यसको पुनरावलोकन गर्न माग गर्दै मुसरफले दुई बर्ष अगाडि नै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए ।

तीन सदस्यीय इजलासले पूर्व सैनिक शासक मुसरफलाई अदालतमा आएको बेला पक्राउ नगरिने भनी आश्वस्त पारेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?