एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुलाई हिमालय दृश्य होटेल, धुलिखेलमा विशेष छुट

लोकपथ
0
Shares

काठमाडौं । एनएमबि बैंक र हिमालय दृश्य होटेल, धुलिखेल बीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार खानामा १० प्रतिशत तथा आवास सुबिधामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो । सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एसोसिएट डाईरेक्टर सेल्स एण्ड मार्केटिङ्ग बबिता पाण्डेले हस्ताक्षर गरेका छन् ।

अत्याधुनिक बैंकिङ सुविधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैंकले छुटको लागी सहकार्य गरेको हो ।

बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?