१३ मङ्सिर २०८०, बुधबार

रविन्द्र मिश्रले कस्लाई भने देउता चोर ?

२०७४,आश्विन,२५,बुधबार ०९:०७

0
Shares

काठमाण्डौं, २५ असोज ।विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले देउता चोरहरुलाई श्राप लागेको बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा डा. गोबिन्द केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै मिश्रले गोबिन्द केसी जस्तालाई मर्न बाध्य बनाउनेहरुलाई सके आजै पाप लाग्ने नसके भोली पाप लाग्ने उल्लेख गरेका छन । पापको प्रसंगमा देउताचोरहरुलाई अहिले श्राप लागेको उल्लेख गरेका छन, यद्यपि मिश्रले कस्लाई देउता चोर भनेका हुन त्यो भने स्पष्ट खुलाएका छैनन् ।चिकित्सा क्षेत्र सुधार र भ्रष्टाचारीहरुलाई कारवाहीको माग गर्दै ६दिन देखि आमरण अनसनमा बसेका डा. केसीलाई बुधवार भेटेपछि मिश्रले यस्तो स्टाटस लेखेका हुन । केसीको यो १२ औं अनसन हो ।मिश्रले आँफुहरु कहिल्यै गोबिन्द केसी जस्तो हुन नसक्ने र केसी जस्ता मान्छेहरु संसारमा औलामा गन्न सकिने संख्यामा रहेको बताएका छन ।डा. गोबिन्द केसी ३ करोड नेपाली जनताका लागि मर्न तयार रहेको उल्लेख गर्दै मिश्रले केसीलाई मार्न चाहानेहरु झनझन जब्बरहुँदै जानु बिडम्बना भनेका छन ।यस्तो छ मिश्रको पुरा स्टाटस

तपाईं ३ करोड नेपालीका लागि मर्न तयार हुनुहुन्छ तर तपाईंलाई मार्न चाहानेहरू झनझन जब्बर हुँदैछन्, कस्तो विडम्वना!हामी डा गोविन्द केसी हुन सक्दैनौं किनभने हामी सामान्य मान्छे हौं। सन्सारमैं उनीजस्ता मान्छे औंलामा गन्न सकिने मात्र हुन्छन्। तर हामी आफू त्यस्तो बन्न नसके पनि त्यस्ता मान्छेहरूलाई जुन तहबाट जसरी सकिन्छ त्यसरी सहयोग गर्न सक्छौं।आज म उनलाई भेट्न जाँदा सदा झैं उनको दृढता र आँट स्पष्टै देखिन्थ्यो। मैले मनमनै भने: तपाईं ३ करोड नेपालीका लागि मर्न तयार हुनुहुन्छ तर चुनावमा तपाईंलाई मार्न चाहानेहरू झनझन जब्बर हुँदैछन्, कस्तो विडम्वना!

 

हेर पाप त एक दिन लाग्छ, लाग्छकि आज लाग्छ, कि भोली लाग्छदेखेनौ तिमीले उहीले देउता चोर्नेहरूलाईआज श्राप लागेको छ!

उनीसँगको भेटपछि Solidarity for Dr Govinda KC का साथीहरूसँग भेट भयो। डा केसीलाई भेट्दा दुखेको मन Solidarity for Dr Govinda KC का अभियानकर्ताहरूको दृढता, प्रतिबद्धता र लगनशिलता देखेपछि अलकित हलुका भयो।तपाईंहरूको जय होस्। आउँदो शनिवार दिउँसो १२ बजे तपाईंहरूले माइतिघर मण्डलामा डा केसीको पक्षमा गर्न लागेको बृहत र्यालीमा म पनि उपस्थित हुनेछु र सबैलाई उपस्थित हुन आग्रह गर्दछु।

 

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०९:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८