१ भाद्र २०७९, बुधबार

५७  जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार

२०७५,जेष्ठ,२४,बिहीवार १३:०४

0
Shares

नेपाल टेलिकमले आप्mना सेवाको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तारलाई तीव्रताका साथ अघि बढाइरहेको छ ।

कम्पनीले आगामी असार मसान्तसम्म चार सय किमी एडिएसएस अप्टिकल फाइबर जडान गर्ने लक्ष्य राखेकामा गत वैशाख मसान्तसम्ममा ३७५ किमी जडान  भइसकेको छ । आगामी आर्थिक वर्ष २०७५÷७६ को प्रथम चौमासिकमा बाँकी ४५० किमी थप जडान गरी कुल एक हजार किलोमिटर अप्टिकल फाइबर नेटवर्क तयार गर्ने लक्ष्य रहेको टेलिकमले जनाएको छ ।

हालसम्म वसन्तपुर–तिरतिरे–पिलुवा–चैनपुर–तुम्लिङटार–खाँदबारी, हिले–भोजपुर, डडेलधुरा–दिपायल, दिपायल–सिलगढी–साँफेबगर–मंगलसेन र लमही–तुलसीपुर नेटवर्कमा फाइबर जडान भइसकेको छ ।

त्यसैगरी तामाकोशी पुल–खिम्ती–मन्थली–सिन्धुलीबीचको ११५.८० किमीमध्ये ९० किमी सम्पन्न भएको छ भने बेनी–जोमसोमबीचको ११३.४४ किमीमध्ये ९५ किमीमा अप्टिकल फाइबर जडान भइसकेको छ । 

अप्टिकल फाइबर नेटवर्कमार्फत पहाडी जिल्लाका सदरमुकाम र विभिन्न जिल्लाका नगरपालिका तथा शहरोन्मुख क्षेत्र आबद्ध हुने टेलिकमले जनाएको छ । हालसम्म टेलिकमले  ५७  जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार गरिसकेको छ भने चालु आयोजना सम्पन्न हुँदा ६४ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर नेटवर्क विस्तार बताइएको छ ।

 

प्रकाशित मिति: २०७५,जेष्ठ,२४,बिहीवार १३:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ‘जस्ले जे भनोस् तर म काठमाण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्से कम काम त शुरु

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले चोरी मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले चोरी मुद्दामा  फरार रहेका

सुर्खेत । जिल्लाको कालिमाटी गाउपालिका वडा नम्बर- ७ घुईयाबारी बाट पाटे बाघ नियन्त्रण मा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आईरहेको बिशेष चेकिङ अभियान अन्तर्गत आज ५१ जना विद्यार्थीहरु कारवाहीमा परेका छन्

ताजा समाचार

बालेन र साम्पाङकाे फेुसबुके रमिता !
 २०७९,भाद्र,१,बुधबार २२:००
वडा कार्यालयको पनि शाखा !
 २०७९,भाद्र,१,बुधबार २१:४५