६ माघ २०७८, बिहीवार

सरकारी लाभ पाउन आफ्नै बहिनीसँग विवाह !

२०७८,पुष,१६,शुक्रवार १२:११

324
Shares

काठमाडौं । एउटा अनौठो र अप्रत्यासित घटनामा उत्तर प्रदेशका एक व्यक्तिले आफ्नै बहिनीसँग विवाह गरेका छन् । मुख्यमन्त्री सामूहिक विवाह योजना कार्यक्रमबाट पैसासहित अन्य सुविधा पाउन फिरोजबादका एक व्यक्तिले बहिनीसँग विवाह गरेको खुलासा भएको हाे ।

सामाजिक कल्याण विभागअन्तर्गत सामूहिक विवाह गर्ने हरेक जोडीलाई राज्य सरकारले ३५ हजार रकम र घरपरिवारका अन्य उपहार प्रदान गर्छ ।
कार्यक्रमअन्तर्गत सरकारले २० हजार भारु बेहुलाको बैंक अकाउन्टमा डिपोजिट गरिदिन्छ र १० हजार भारुबराबरको उपहार दिइन्छ ।

सो विवाह ११ डिसेम्बरमा फिरोजबादको टुंड्ला गाउँमा भएको थियो । केही दिनपछि गाउँलेले विवाह गर्ने जोडी सहोदर दाजु र बहिनी भएको पत्ता लगाएका थिए ।

एउटा सरकारी कार्यलयको परिसरमा आयोजना गरिएको सो विवाहमा ५१ जोडी बन्धनमा बाँधिएका थिए । गैरकानुनी ढंगले अनुचित लाभ लिने उदेश्यले विवाह गर्ने जोडीविरुद्ध मुद्दा दायर भएको छ । यसैबीच बेहुला बन्ने व्यक्तिको आधार कार्डबारे छानविन सुरु भएको छ ।

प्रकाशित मिति: २०७८,पुष,१६,शुक्रवार १२:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतका कूल वयस्कहरूमध्ये ७२ प्रतिशतले कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेका छन् । भारतको केन्द्रीय सरकारले बिहीबार दिएको जानकारीअनुसार १५ देखि १८ वर्षसम्मका

ब्राजिल । ब्राजिलमा गएको २४ घन्टामा कम्तीमा पनि ३३८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ब्राजिलका स्वस्थ्य अधिकारीहरुले सो

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा वर्षाका कारण भएको दुर्घटनामा एक वृद्ध र दुई बालबालिकाको मृत्यु भएको छ भने एकै

क्यारोलिना । उत्तरी क्यारोलिनाको ज्याक्सनभिल शहरमा रहेको मरीन कोर्प्स बेस क्याम्प लेजेउने नजिकै भएको एक रोलओभर दुर्घटनामा कम्तीमा दुई अमेरिकी

ताजा समाचार

कांग्रेसमा प्रदेश सदस्यहरु मनोनित
 २०७८,माघ,६,बिहीवार २०:४०