१० जेष्ठ २०७९, मंगलवार

कोरोना संक्रमण फेरि फैलिन सक्ने भन्दै तयारी गर्न प्रदेश नं १ का कानुनमन्त्रीको निर्देशन

२०७८,पुष,१६,शुक्रवार ११:१९

90
Shares

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले कोभिड उपचारमा संलग्न चिकित्सकहरूलाई ओमिक्रोन भेरियन्टको सम्भावित संक्रमणबाट सतर्क रहेर काम गर्न निर्देशन दिएका छन् ।

कोभिड अस्पताल विराटनगरको आज निरीक्षण गर्दै उनले पछिल्लो समयमा कोरोना भाइरस तथा यसको घातक भनिएको ओमिक्रोन भेरियन्टको सम्भावित खतरातर्फ सतर्क रहेर काम गर्न र त्यसको उपचारका लागि तयारी गर्न समेत निर्देशन दिएका हुन् ।

साथै मन्त्री कार्कीले कोरोना संक्रमितहरूलाई उपचारमा कुनै कमी हुन नदिन पनि आग्रह गरेका हुन् ।

उनले भने, ‘उपचारमा आउने बिरामीले अस्पतालमै उपचार पाएनन् भने कहाँ जाने, यस विषयमा यहाँहरूले गम्भीर भएर सोच्नुपर्छ र सबैलाई चुस्त रूपमा सेवा दिनुपर्छ ।’

उनले स्वास्थ्य उपचारमा कुनै कमी कमजोरी हुन नदिन प्रदेश सरकार चनाखो भएको र ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न सक्ने देखिएकाले अस्पतालको व्यवस्थापन चुस्त र दुरुस्त हुनुपर्छ भनेका छन् ।

मन्त्री कार्कीले त्यहाँ उपचाररत बिरामीहरूका साथै अस्पतालको आइसीयू, भेन्टिलेटर कक्षलगायतको अवस्थाको बारेमा पनि जानकारी लिएका थिए ।

प्रकाशित मिति: २०७८,पुष,१६,शुक्रवार ११:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा प्रत्येक प्रदेशमा कम्तिमा २ मेडिकल कलेज प्रतिष्ठान स्थापना गर्ने भएको छ । सरकारले सार्वजनिक

काठमाडौं । सरकारले हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८०

काठमाडौं । सरकारले हराएका पुरातात्विक सम्पदाहरु फिर्ता ल्याउनका लागि पहल गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा औषधि उत्पादनलाई प्रोत्साहन गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८०

ताजा समाचार

आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
 २०७९,जेष्ठ,१०,मंगलवार १७:४७
भेरीगंगामा प्रादेशिक विमानस्थल बनाइने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:४३
सलमान खान नेपाल नआउने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:३७
पचरौता नगरपालिकामा एमाले विजयी
 २०७९,जेष्ठ,१०,मंगलवार १७:२५
सरकारले सिंहदरबारलाई चिटिक्क बनाउने !
 २०७९,जेष्ठ,१०,मंगलवार १७:२१