जेलमुक्त भएपछि बालकृष्ण ढुंगेल गृहजिल्लामा, ठाउँठाउँमा नागरिकको सम्मान

काठमाडौं । द्वन्द्वकालिन मुद्दामा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेल जेलमुक्त भएपछि पहिलोपटक गृहजिल्ला पुगेका छन् ।

गृहजिल्लामा ठाउँठाउँमा उनलाई सम्मान गरिएको छ । सम्मान ग्रहण गरेपछि ढुंगेलले बाँकी जीवन जनताको सेवामा खर्चिने बताएका छन् ।

द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा ढुंगेललाई सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाएको थियो । तर, ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएका कैदीको बाँकी कैद माफी हुने प्रावधान अनुसार ढुंगेलको कैद मिनाह गर्न सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?