२ माघ २०७८, आईतवार

सोलुखुम्बुको हिलेपानीमा जिप दुर्घटना, दुईको मृत्यु, दुई घाइते

२०७५,जेष्ठ,२४,बिहीवार ०९:३५

0
Shares

खोटाङ । ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका–६ हिलेपानीमा बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

बिहीबार काठमाडौँबाट यात्रु लिएर सोलुखुम्बुतर्फ जाँदै गरेको ना१ज ४९५० नंको बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको हो । 

दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–५ मूलखर्क बस्ने ४० वर्षीय सिङ्गे तामाङ र सोही ठाउँकी ३५ वर्षीया कैलीमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । 

बोलेरो जिप चालक लालबहादुर तामाङ र सोही गाउँपालिका–५ मूलखर्कका २२ वर्षीय लोकेन्द्र तामाङ गम्भीर घाइते भएको जनाइएको छ । उनीहरु बोल्न नसक्ने अवस्थामा रहेको हिलेपानी प्रहरी चौकीले जनाएको छ । 

बोलेरो जिप सडकबाट करीब ३०० मिटर तल भिरमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । जिपमा सवार कति जना थिए भन्ने खुल्न सकेको छैन । 

दुर्घटनास्थलमा उद्धार कार्य भइरहेको र शव सडकसम्म ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । सडकमा गुडिरहेको जिप अचानक ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

प्रकाशित मिति: २०७५,जेष्ठ,२४,बिहीवार ०९:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६