४ माघ २०७८, मंगलवार

फोरम र नेकपाबीच तत्काल पार्टी एकीकरण सम्भव छैन : यादव

२०७५,जेष्ठ,२४,बिहीवार ०९:१६

0
Shares

काठमाडौँ । संघीय समाजवादी फोरम नेपालले तत्काल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग पार्टी एकीकरणको कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ । 

केन्द्र सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री भई सामेल भएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति जारी गर्दै नेकपासँग एकीकरण हुन लागेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सुनियोजित समाचारहरु प्रसारण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । 

उनले फोरमको गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलसँग एकीकरण गर्ने निर्णय गरेका भए पनि तत्काल नेकपासँग एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेका छन् । 

‘तथ्यहीन ढङ्गले आइरहेका गलत समाचारले जनतामा गलत सन्देश दिने नियतले प्रचारित यस्ता प्रायोजित एवं निराधार समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पार्छौं, अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति: २०७५,जेष्ठ,२४,बिहीवार ०९:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुगु । नेकपा एमाले मुगुले एक सातापछि नेतृत्व चयन गरेको छ । २७ पुसदेखि सुरु भएको नेकपा एमाले मुगुको ८औँ

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार भएको छ । वीरगञ्जलाई मधेश प्रदेशको राजधानी नबनाएको आरोप लगाउँदै

काठमाडौं । एमालेले ६३ जिल्ला अधिवेशन र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको जनाएको छ ।

गौर । रौतहटका निवेश यादव एमालेको देशकै कान्छा जिल्ला सदस्य बनेका छन् । २२ वर्षीय यादव आइतबार राति सम्पन्न एमाले

ताजा समाचार