काठमाडौं । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) लाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएको छ । नवगठित पार्टीका नेताहरु बिहीबार आयोग कार्यलय कान्तिपथ पुगेर दल दर्ताको प्रमाणपत्र बुझेका हुन् ।
यसअघि आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एमाले ) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का नाममा दर्ता भएका थिए ।
गत जेठ ३ गते यी दुई दलबीच एकता भएसँगै नेकपा अण्डरलाइन नामको पार्टी दर्ता गर्न आयोगमा निवेदन दिएका थिए । तर, यो नाम समेत दर्ता भैसकेकाले नवगठित पार्टीले नाम परिवर्तन गरेको थियो ।
आयोगले बुधबार नवगठित पार्टीलाई आयोगमा दर्ता गर्ने निर्णय गरेको थियो । यो सँगै अब यो पार्टीले आधिकारिकता पाएको छ ।
यद्यपी मुलुकको सबैभन्दा ठूलो दल बनेको नेपाल कम्युनिस्ट पार्टीको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा ७५ जनामात्र महिला छन् । निर्वाचन आयोगले नेकपा दर्तासँगै सबै दललाई राजनीतिक दल सम्बन्धी कानुन बमोजिम ३ महिनाभित्र केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन निर्देशन दिएको छ ।
दुई पार्टीबीच यही जेठ ३ गते एकता भएको थियो । एकता भएकै दिन नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्न प्रक्रिया शुरु गरेको थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया