देउवाले मनोनयन गरे तीन नेता, को–को परे ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन नेतालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरेका छन् । 

सभापनि देउवाले पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागाई (काभ्रे) र शीला शर्मा खड्का (दाङ्ग) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् । 

यसैगरी, देउवाले पार्टी विधानको धारा ४९(१३)(क) र (ख) बमोजिम दमननाथ ढुंगाना (काठमाडौँ), तीर्थराम डंगोल (काठमाडौँ) र हिरादत्त भट्ट (कैलाली) लाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?