विदेश पठाइदिने बाहानामा थन्क्याइ राखेको ४१ वटा पासपोर्टसहित विक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको नयाँ बसपार्कको एक होटलमा छापा मारेको छ । 

विदेश पठाउने बाहानामा थन्क्याएर राखेको ४१ वटा पासपोर्ट जफत गरेको छ भने नयाँ बसपार्क मित्रनगरमा रहेको स्वर्गद्वारी गेस्ट हाउसका सञ्चालक प्रेमबहादुर विकलाई महानगरीय प्रहरी प्रभाग गोंगबुले नियन्त्रणमा लिएको छ । 

पक्राउ परेका विकमलाई प्रहरीले राहदानीसहित वैदेशिक रोजगार विभागमा बुझाएको छ । 

सरकारले विदेश पठाउने नाममा अवैध रुपमा पासपोर्ट संकलन गर्ने होटल, लज, रेस्टुरेन्छ, ट्राभर एजेन्सी लगायतमा छापा मार्न सुरु गरेको छ । 

युवाहरुलाई विदेश पठाउने नाममा होटल, लज, रेस्टुरेन्ट, ट्राभल एजेन्सी लगायतले पासपोर्ट संकलन गरेर राख्ने गरेका छन् ।

विदेश पठाउने नाममा अवैध रुपमा पासपोर्ट संकलन गर्ने अखडाहरुमा सरकारले छापा मार्न सुरु गरेको छ ।

यस्ता कार्यले वैदेशिक रोजगारीमा जानेहरु ठगिने क्रममा वृद्धि भएको हुनुका साथै पासपोर्ट संकलन केन्द्रले लामो समयसम्म पासपोर्ट होल्ड गरेर राख्ने गरेको पनि पाइएको छ ।

श्रम तथा रोजगार मन्त्रालय स्रोतका अनुसार अब विदेश पठाउने प्रलोभन देखाएर महिनाअघिदेखि अग्रिम शुल्क उठाउने र अवैध रुपमा विदेश पठाउने कार्यमा संलग्नमा सरकारले कारबाही अभियान सुरु गरेको हो । यस्ता पासपोर्ट संकलन गर्ने अखडाहरुको सूचना लिएर कारबाही गर्ने काम थालेको जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?