गोपाल खड्काको राजीनामा पछि अब के गर्छन् मन्त्री यादव ?

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले बताएका छन् । 

भ्रष्टाचारको अभियोग लागेका निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएलगत्तै उनले सञ्चारकर्मीमाझ खुला प्रतिष्पर्धाबाट सो पदमा नियुक्त गर्न आफूले चाहेको मन्त्री यादवले बताएका छन् । 

बिहीबार नेपाल आयल निगमको कार्याकारी निर्देशक गोपा खड्काले जिम्मेवारी विहिन अवस्थामा आफूलाई राखेको पीडा सहन नसकेको भन्दै निगमको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । 

मन्त्री यादवले खड्काले पदबाट राजीनामा दिएर नेपाल आयल निगमको कामलाई अघि बढाउन सहज भएको प्रतिक्रिया पनि दिए । उनले निगममा क्षमतावान नेतृत्व ल्याउन पनि खुला प्रतिस्पर्धा गरेर कार्यकारी नियुक्ति प्रक्रिया अघि बढाउने सोचाईमा आफू पुगेको पनि स्पष्ट पारे । मन्त्री यादवले निगममा राजनीतिक नियुक्त हुनै नसक्ने पनि उल्लेख गरे ।

त्यस्तै नेपाल आयल निगमको गिरेको साखलाई माथि उठाउने गरी काम गर्ने प्रतिवद्धता गर्दै मन्त्री यादवले भने जनताको सेवा गरेर विगतमा गिरेको छवी माथि उठाउने काममा लागिपर्न पनि सम्बन्धित निकायलाई सचेत गराए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?