फ्रेन्च ओपनको उपाधी कस्ले जित्ला?  सारापोभा र कारबेर बाहिरिए

विश्व नम्बर एक सिमोना हालेप र स्पेनी गार्बिन मुगुरुजा जारी फ्रेन्च ओपन टेनिसको उपाधीका लागी भिड्ने भएका छन । 

बुधबारराती भएको महिला एकलतर्फको पहिलो सेमिफाइनल खेलमा रोमानियाकी हालेपले जर्मनीकी एन्जलीक्यु कारबेरलाई दुई—एकको निकै प्रतिस्पर्धात्मक सेटमा हराउदै फाइनलको यात्रा तय गरेकी  हुन् । खेलको पहिलो सेट ट्राइब्रेकरमा ६—७ ले गुमाएकी हालेपले बाकी दुई सेटमा भने सहजै जित हात पारेकी थिइन् ।

हालेपले खेलको दोस्रो सेट ६—३ र अन्तिम सेट ६—२ ले आफ्नो पक्षमा पारेकी थिइन् । हालेप फ्रेन्च ओपनको फाइनलमा प्रवेश गरेको यो तेस्रो पटक हो । पराजयसँगै कारबेर प्रतियोगितबाट बाहिरिएकी छिन् । यता बुधबारराती नै भएको अर्को सेमिफाइनल खेलमा स्पेनी गार्बिन मुगुरुजाले रसियाकी मारिया सारापोभालाई दुई—शुन्यको सेटमा हराउदै अन्तिम दुईको यात्रा तय गरिन् ।

हारसँगै पाच पटककी ग्राण्डस्लाम विजेता सारापोभा प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएकी छिन् । मुगुरुजाले सारापोभालाई ६—२ र ६—१ को सेटमा हराएकी थिइन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?