नेपाल सेवा लघुवित्तको शेयर कारोबार जेठ २९ देखि

काठमाडाैं : केहिअघि अार्इपीअो जारी गरेको नेपाल सेवा लघुवित्तको शेयर कारोबार जेठ २९ गतेदेखि खुल्ने भएको छ ।कम्पनीको शेयर बुधबार नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको छ । सूचीकृत भएको एकहप्ता पछि शेयर कारोबार खुल्नेछ । 

याे वित्तीय संस्थाले ८० हजार कित्ता अार्इपीअोसहित ६ लाख कित्ता शेयर एक्सचेञ्जमा सूचिकृत गराएको छ । उल्लेखित शेयरमध्ये ९ हजार कित्ता सामुहिक लगानी कोषलार्इ र तीन हजार ६ सय कित्ता संस्थाका कर्मचारीलार्इ छुट्याएको थियो ।

यो संस्थाको केन्द्रीय कार्यालय सिन्धुपाल्चोकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?