मोटरहेडको आधिकारिक मर्मत केन्द्र कपनमा

लोकपथ
91
Shares

काठमाडौं । मोटरहेडको आधिकारिक मर्मत केन्द्र कपनमा खुलेको छ ।

मोटरहेड ब्राण्डको आधिकारीक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेडले बूढानीलकण्ठ नगरपालिकाको कपन बीमा समिति चोकमा उक्त मर्मत केन्द्र खोलेको हो ।

बिहीबार वडा अध्यक्ष शुद्ध डंगोलले उक्त वर्कशपको उद्घाटन गरेका छन् । कम्पनीले सो वर्कशप २० वर्षदेखि सोही स्थानमा आबद्ध दिपक मोटरसाइकल वर्कशपका प्रोपाइटर दिपक चौधरीलाई आधिकारिकता प्रदान गरेको छ ।

कम्पनीले आज र भोलि सो स्थानमा एक्सचेन्ज क्याम्प पनि सञ्चालन गर्ने जनाएको छ । उक्त एक्सचेन्ज क्याम्पमा १० हजार छुट, फाइनान्समा ७ हजार र बजार मूल्यांकनमा थप १५ हजार पाउने सुविधा रहेको छ ।

यसका साथै, पार्टसमा विशेष छुट र जुनसुकै ब्राण्डको बाइक ल्याउँदा फ्रि वास पनि पाइने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?