काठमाडौं । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन् ।
बन्दसत्रमा समूहगत छलफलका क्रममा उनले प्रचण्डको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै ८ बुँदे फरक मत राखेका हुन् ।
उपत्यका विशेष प्रदेश समितिको समूहगत छलफलमा उनले फरक मत राखेको र सोसम्बन्धी जानकारी टोली नेता जगत सिम्खडाले बन्दसत्रमा रिपोर्टिङ गराएको एक नेताले बताए ।
दस्ताबेजमा आधारभूत विषयहरु अपुगे रहेको र महाधिवेशनको दस्ताबेजले स्वरुप ग्रहण गर्न नसकेको भन्दै उनले फरक मत राखेको बताइएको छ। यस्तै सो समूहका केही प्रतिनिधिले लिखित सुझाव राखेको पनि बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया