माओवादी महाधिवेशन : प्रचण्डको विचारधाराले माओवादीलाई पुनर्जीवन दिन्छ

लोकपथ
63
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथिको छलफलमा सहभागी नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विचारधाराले पार्टीलाई पुनर्जीवन दिने निष्कर्ष सुनाएका छन् ।

गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमाथि मंगलबार २५ समूहमा छलफल भएको छ भने बुधबारबाट समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइरहेको छ ।

बुधबार ११ वटा समूहले निष्कर्ष सुनाइसकेका छन् भने बाँकीले बिहीबार प्रस्तुत गर्ने कार्य चलिरहेको छ । बिहीबार बिहान ११ बजेबाट सुरु भएकोमा अहिलेसम्म पाँचवटा समूहका प्रमुखहरुले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरिसकेका छन् ।

बिहीबारको बन्दसत्रमा सबैभन्दा पहिले सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट श्रीकृष्ण अधिकारीले आफ्नो समूहको निष्कर्ष पेस गरेका हुन् भने त्यसपछि क्रमशः सल्लाहकारहरुको समूह क को तर्फबाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशको तर्फबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहको तर्फबाट समूह प्रमुख जगत सिंखडा र समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट समूह प्रमुख मानबहादुर धामीले आफ्नो समूहको प्रस्तुति राखेका छन् ।

सम्पर्क समन्वय विशेष प्रदेश समितिका टोली नेता श्रीकृष्ण अधिकारीले आफ्नो समूहको निष्कर्ष राख्दै प्रचण्डपथ तत्कालीन समयको विचार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?