बेलायतमा फल टिप्ने युरोपेली मजदुरको कमी

एजेन्सी : कामदार भर्ना गर्ने नियोगहरूले बेलायती किसानलाई चाहिने फल टिप्ने मजदुरको आपूर्ति गर्न नसक्ने असमर्थता प्रकट गरिरहेका छन् ।

फलफुल टिप्ने मौसमको पहिलो महिनामै मजदुर आपूर्ति गर्ने आधा जति कम्पनीले मजदुर पाउन नसकेको मजदुर आपूर्ति संघले जनाएको छ ।

बेलायतमा आउने मौसमी मजदुरहरूको आगमनमा १७ प्रतिशतले गिरावट आएको नेशनल फार्मर्स युनियनको भनाइ छ ।

मजदुरको कमीले केही फल खेतमै सडने देखिएको छ । बेलायतमा ९९ प्रतिशत मौसमी मजदुर पूर्वी युरोपबाट आउँछन् ।

यसमध्ये दुई तिहाई रोमानिया र बुल्गेरियाबाट आउने मजदुरहरू हुन्छन् ।

रोमानियाको केन्टआधारित एजी रिक्रुटमेन्ट एन्ड म्यानेजमेन्ट कम्पनीले बेलायतका ८० फलफुल उत्पादकलाई श्रम आपूर्ति गर्ने गर्छ ।

आउँदो केही महिनामा स्ट्रबेरी,रसबेरी,स्याउ र नासपातीजस्ता  फलपूmल टिप्न ४हजार मानिसको आवश्यकता हुन्छ ।

तर श्रम आपूर्तिकर्ताहरूले श्रमिक पठाउन अक्षम भएको जनाइरहेका छन् ।

रोमानियामा पनि फल टिप्नेहरूको अभाव हुने गरेको छ ।उनीहरू अन्य युरोपेली देशमा काम गर्न जाने गरेकाले श्रमिकको अभाव हुने गरेको  रोमानियाली निकायले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?