आर्थिक अपराधमा चिनियाँ नागरिकको संलग्नता बढ्दो

लोकपथ
84
Shares

काठमाडौं । पर्यटक भिसामा नेपाल भ्रमणमा आएका चिनियाँहरू संखुवासभा जिल्लाअन्तर्गतको किमाथाङ्कामा रुद्राक्ष, जडीबुटी, मरेका वन्यजन्तुको टुक्रा, सुन र अमेरिकी डलर तस्करीका साथै ठगी र आर्थिक अपराधमा संलग्न हुने गरेको पाइएको छ ।

किमाथाङ्कामा चिनियाँहरू संख्या डरलाग्दो रुपमा बढ्दै गएकाले संखुवासभाको खाँदबारी र तुम्लिङटारका होटल तथा लजहरु आफ्नो क्षमताभन्दा बढी भार वहन गर्न बाध्य भएका छन् । उनीहरु भाडाको घरमा समेत बस्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालयले समेत यस विषयलाई गम्भीरतापूर्वक लिँदै सतर्कता बढाएको एक कर्मचारीले बताएका छन् ।

यस सम्बन्धमा किमाथाङ्का र संखुवासभाका अन्य स्थानमा सशस्त्र प्रहरी बलको सतर्कता र गस्ती बढाउन जिल्ला समन्वय समितिको बैठक बसेको थियो ।

बीओपीमा जनशक्ति बढाउन, भन्सार कार्यालय स्थापना गरी प्रभावकारी बनाउन सम्बन्धित उच्च निकायसँग समन्वय गर्ने निर्णय पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?