काठमाडाैं : विघटित एमाले र माअोवादी केन्द्र गाभेर गठन भएको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का दुवै अध्यक्षलार्इ समान अधिकार रहनेगरि विधान तयार गरिएको छ । अध्यक्षद्वय के.पी. शर्मा अोली र पुष्पकमल दाहाल 'प्रचण्ड' ले बुधबार नै विधानलार्इ अन्तिम रूप दिएका छन् ।
पार्टी दर्ताका लागि यसअघि नै (ने क पा) ले निर्वाचन अायोगमा विधान बुझाएपनि त्यसलार्इ अन्तिम रूप भने बुधबार मात्रै दिएको हो । पार्टीको विधान र राजनीतिक प्रतिवेदनलगायतका डकुमेन्टहरू केही दिनमै सार्वजनिक गरिने (ने क पा) ले जनाएको छ ।
(ने क पा) लार्इ निर्वाचन अायोगले बुधबार कानूनी मान्यता दिएको छ । जेठ ३ गते पार्टी एकता गरेपछि एकीकृत पार्टीको दर्ताका लागि निर्वाचन अायोगमा निवेदन दिएको थियो । शुरूमा 'नेपाल कम्युनिष्ट पार्टी' को नामबाट दल दर्ता गर्न खोजेपनि ऋषीराम कट्टेलले सो नामबाट पहिल्यै अायोगमा दल दर्ता गरिसकेकाले एकीकृत पार्टीले नेपाल कम्युनिष्ट पार्टीका पछाडि (ने क पा) थपेर दल दर्ताका लागि निवेदन दिएको थियो ।
अाफुलार्इ कम्युनिष्ट पार्टी दाबी गर्ने दुर्इ संसदीय वाम पार्टी मिलेर बनेको (ने क पा) ले अाफुलार्इ एसियाको तेस्रो शक्तिशाली कम्युनिष्ट पार्टी भएको दाबी गर्दै अाएको छ । नवनिर्मित विधानमा यो पार्टीको बैठक दुवै अध्यक्षको समझदारीमा बोलाउने र दुवै जनाले हस्ताक्षर गरेर पार्टी सर्कुलर जारी गर्ने उयल्लेख छ ।
पार्टीको राजनीतिक दस्तावेजमा यो पटक बल्ल माअोवादी जनयुद्द र प्रचण्डको योगदानलार्इ खुलेर प्रशंसा गरिएको छ । प्रचण्डको नेतृत्वमा १० बर्षे जनयुद्द भएको र त्यो युद्दले उत्पीडित वर्ग, जाति, लिंग र समुदायलार्इ जागरूक बनाएको, गणतन्त्र स्थापनामा माअोवादी जनयुद्दको भूमीका रहेको लगायत उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया