काठमाडाैं । नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र जारी छ। साेमबार अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम आज पनि सुरू भएकाे छ ।
छलफलमा प्राप्त सुझावमध्ये १४ समूहले आज पेस गर्ने कार्यक्रम रहेकाे छ । २५ समूहमध्ये हिजो बुधबार ११ वटाले आफ्ना सुझाव प्रस्तुत गरिसकेका छन्।
सबै समूहकाे सुझाव पेस भइसकेपछि स्थायी समितिका सदस्यले पनि छुट्टै सुझाव दिनेछन्। छलफलको निष्कर्ष सुनाउने क्रम सकिएपछि दुवै प्रतिवेदन सुझावसहित अनुमोदन गर्ने र नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु गर्ने तयारी छ ।
आफूहरु निर्वाचनको तयारीमा रहेको र सकेसम्म आज नै निर्वाचन तालिका प्रकाशन हुने माओवादीका एक नेताले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
 









                    
                    
                    
                    
                    
                    
                    
                    
प्रतिक्रिया