भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी भाजपा जाने हल्ला गलत भएको छोरीको दाबी

एजेन्सी : भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीले कांग्रेस पार्टी परित्याग गरी सत्तारूढ भारतीय जनता पार्टीमा प्रवेश गर्ने हल्ला गलत भएको मुखर्जीकी छोरी श्रमिष्ठा मुखर्जीले बताएकी छिन् ।

कांग्रेस नेतृ समेत रहेकी श्रमिष्ठाले बा(प्रणव)ले राजनीति छोडने तर कांग्रेस नछोडने बताएकी छिन् ।

दिल्ली कांग्रेसका प्रमुख अजय माकनले पनि यो हल्लालाई गलत बताएका छन् । उनले “मुखर्जी समर्पित कांग्रेसजन हुनुहुन्छ ।”

पूर्ण राष्ट्रपति मुखर्जीले नागपुरमा आयोजित आरएसएसको कार्यक्रमलाई सम्बोधन गर्ने निम्तो स्विीकार गरेकाले उनी भाजपामा प्रवेश गर्ने हल्ला चलेको हो ।

श्रमिष्ठाले पिताको बारेमा यो जानकारी ट्विटर मार्फत सार्वजनिक गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?