५० हजार घुससहित सर्लाही जिल्ला प्रशासनका अधिकृत पक्राउ

सर्लाही – अख्तियार दुरूपयोग अनुसन्धान अायोगको टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत सुरेस दासलार्इ ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको छ । 

सदरमुकाम मलंगवास्थित शिव किराना स्टोरको मुद्दा अाफुले मिलार्इदिने भन्दै दासले पसलेसँग घुस लिएको अख्तियारले अारोप लगाएको छ । अख्तियारले दास चढेकै गाडीबाट घुस लिएको रकम जफत गरेको छ । 

तर, घुस लिने कर्मचारी दासले अाफुलार्इ फसाउनका लागि गाडीमा अरूले नै नगद राखिदिएको र अाफुले कसैबाट रकम नलिएको दाबी गरेका छन् । थप अनुसन्धानका लागि दासलार्इ अहिले अख्तियार टोलीले नियन्त्रणमा लिएर महोत्तरीको बर्दीबासमा पु-याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?