महोत्तरीमा लाखाैंको सून-चाँदीसहित युवक समातिए

गौशाला : भारत तस्करी गर्न लागेको २० किलो चाँदी र २०० ग्राम सुनसहित महोत्तरीमा एक युवकलार्इ शसस्त्र प्रहरी बलले पक्राउ गरेको छ । करिब २४ लाख रूपैयाँबराबरको सून-चाँदी तस्करी गर्न खोज्ने जनकपुर उपमहानगरपालिका-४ का विश्वकर्मा चोकका २४ बर्षीइ दिपेन्द्र ठाकुर पक्राउ परेका हुन् । 

ठाकुरले ०७ एबी ४९१८ नम्बरको भारतीय नम्बरप्लेटवाला मोटरसार्इकलमा लुकाएर नेपालको सिमाबाट भारततर्फ सूनचाँदी अोसारिरहेको र सुराकीको अाधारमा उनलार्इ पक्रेको शसस्त्र प्रहरीले जानकारी दिएको छ । ठाकुर मटिहानी नगरपालिका-३ को अावरचोकमा समातिएका हुन् । 

ठाकुरको एकथान मोबाइल र मोटरसाइकलसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । शसस्त्रले पक्राउ परेका ठाकुरलाई सुन र चाँदीसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय, पथलैया पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?