कालीकोटको पलाँता पूर्णखोपयुक्त गाउँपालिका

कालीकोट :  जिल्लाको अति दुर्गम गाउँपालिकामध्ये रहेको पलाँता पूर्णखोपयुक्त गाउँपालिका घोषणा भएको छ । बुधबार एक कार्यक्रमका बीचमा जिल्ला स्वास्थ्य कार्यालय, कालीकोटको आयोजना तथा पलाँता गाउँपालिकाको समन्वयमा पूर्णखोपयुक्त गाउँपालिका घोषणा भएको हो । 

पलाँता गाउँपालिकाका साविकका गाविस खिन, थिर्पू र धोलागोहका सबै गाउँमा बालबालिकालाई खोपसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भएको र खोपभन्दा बाहिर कोही नभई सम्पूर्ण सहभागी गराइएकाले पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए । 

पलाँता गाउँपालिकाका दुई हजार सात घरधुरी रहेकोमा सात सय ५० बालबालिका खोपको पहुँचमा रहेको बताइएको छ । यसअघि पचालझरना गाउँपालिकालाई पनि पूर्णखोप युक्त गाउँपालिका घोषणा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?